व्यास नगरपालिकामा पुनः मतगणना गर्न जोशीको माग
दमौली । व्यास नगरपालिकाको मेयर पदका उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको माग गरेका छन् । नेपाली कांग्रेसका वैकुण्ठ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको लागि माग गरेका हुन् ।
बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले मतगणना निष्पक्ष रुपमा नभएको भन्दै निर्वाचन आयोगमा पुनः मतगणनाको माग गरेका हुन् ।
वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक उनीहरुको पक्षमा परिणाम निकालिएको आरोप जोशीले लगाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया