बालेनको धन्यवाद र्यालीमा उनकै प्रतिस्पर्धी पनि सँगै

काठमाडौ । काठमाडौं नवनिर्वाचित मेयर (प्रमुख) स्वतन्त्र उम्मेदवार बालेन शाहले आज काठमाडौंमा धन्यवाद र्याली गरेका छन् ।
उनले आफूलाई मत दिएर जिताउने मतदातालाई धन्यवाद दिन भन्दै धन्यवाद र्याली आयोजना गरेका हुन् ।
मतगणनास्थत राष्ट्रियसभा गृहबाट सुरु भएको र्याली सहरका विभिन्न स्थानमा पुगेको थियो । जहाँँ बालेनका धेरै समर्थकले खुसी मनाए ।
तर, त्यहाँ खाली बालेनका समर्थकमात्र थिएनन् । उनका प्रतिस्पर्धी सुमन सायमी पनि थिए । बालेन र सुमनले टोएटा गाडीको छतमा सँगै उभिएर मतदातालाई धन्यवाद दिएको दृश्य रोचक देखिन्थ्यो ।
गएराति सम्पन्न भएको मतगणनाअनुसार विजयी बालेनले ६१७६७ मत ल्याएका छन् । यस्तै, दोस्रो स्थानमा रहेकी गठबन्धन दलको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८३४१ तथा तेस्रो स्थानमा रहेका केशव स्थापितले ३८११७ मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार सुमन भने चौथो स्थानमा रहेका थिए । उनले १३७७० मत ल्याएका छन् ।
गुठी विधेयकको विरोधताका लोकप्रिय भएका सुमनले काठमाडौंका भित्री क्षेत्रमा बढी मत ल्याएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन, उपमेयरमा सुनिता विजयी – NepalWatch
प्रतिक्रिया