पिएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ ।
पिएसजीले मंगलबार उनलाई बर्खास्त गरेको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् २०२१ को जनवरीमा नियुक्त भएका अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्मको थियो । तर उनलाई पिएसजीले सम्झौता बाँकी छँदै बर्खास्त गरेको हो ।
लियोनल मेसी, नेइमार र केलियन एम्बाप्पेजस्ता सुपरस्टार खेलाडी रहेको पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरएको थियो । यो नतिजाबाट पिएसजी असन्तुष्ट थियो ।
पोचेटिनो अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी हुन् ।
विश्वकप आउन पाँच महिना बाँकी छँदै १८ लाख टिकट बिक्री, यी हुन् बढी किन्ने १० राष्ट्र
प्रतिक्रिया