पिएसजीका प्रशिक्षक पोचेटिनो बर्खास्त
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ ।
पिएसजीले मंगलबार उनलाई बर्खास्त गरेको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सन् २०२१ को जनवरीमा नियुक्त भएका अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोको सझौता सन् २०२३ को जुन ३० सम्मको थियो । तर उनलाई पिएसजीले सम्झौता बाँकी छँदै बर्खास्त गरेको हो ।
लियोनल मेसी, नेइमार र केलियन एम्बाप्पेजस्ता सुपरस्टार खेलाडी रहेको पिएसजी च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरएको थियो । यो नतिजाबाट पिएसजी असन्तुष्ट थियो ।
पोचेटिनो अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी हुन् ।
विश्वकप आउन पाँच महिना बाँकी छँदै १८ लाख टिकट बिक्री, यी हुन् बढी किन्ने १० राष्ट्र
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया