विश्वकप लिग २ मा कहाँ छ नेपालको स्थान ?

काठमाडौं । नेपाल अहिले स्कटल्याण्डमा हुन लागेको आइसिसी विश्वकप लिग २ अन्तर्गतको लिग खेल्ने दौरानमा छ । नेपालले आज दिउँसो ३ः१५ बजे आफ्नो पहिलो खेल नामिबियाविरुद्ध उत्रँदै छ ।
नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई–दुई खेल खेल्ने छ । र, यी चारवटै खेल नेपालका लागि महत्वपूर्ण छन् ।
किनकि, नेपाललाई शीर्ष तीनमा पर्दै सिधै विश्वकप ग्लोबल छनोट खेल्न बाँकी खेलमा जित्नुपर्ने दबाब आइलागेको छ । एकदिवसीय (ओडिआई) मान्यतालाई निरन्तरता दिन भएपनि कम्तीमा शीर्ष पाँचमा पर्नुपर्ने अर्को दबाब छ ।
नेपालले विश्वकप लिग २ मा १६ खेल खेलेको छ । जसमा सातमा जित र आठमा हारका साथ १५ अंक जोड्दै सात देश सहभागी देशमध्ये पाँचौं स्थानमा छ । घरेलु टोली स्कटल्याण्ड र नामिबियाजस्ता टोलीलाई पाखा लगाउँदै शीर्ष पाँचमा पुग्न पनि नेपाललाई अहिलेसम्मको नतिजाले कठिन देखिन्छ । यद्यपि, असम्भव भने छैन । अहिलेसम्मको स्थान कायम राखे पाँचौ स्थान सुरक्षित रहने छ ।
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै लिग २ को शीर्ष स्थानमा छ ।
यस्तै, स्कटल्याण्डले २१ खेलमा १४ मा जित र पाँचमा हार ब्यहोर्दै ३० अंक जोडेको छ । उ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको युएईले २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंक बनाएको छ ।
२४ खेल खेलेको अमेरिका ११ मा जित र १२ मा हारका साथ २२ अंक जोड्दै चौथो स्थानमा रहेको छ ।
नेपाल १६ खेलमा सातमा जित र आठमा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा रहँदा नामिबिया १५ खेलमा सातमा जित र आठमा हारसहित १४ अंकका साथ छैटौं स्थानमा छ ।
यसैगरी, २० खेल खेलेको पपुवा न्युगिनी एकमा जित र १९ मा हारका साथ पुछारमा छ ।
यस्तो छ अंक तालिका :

ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया