NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाललाई चौथो सफलता

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।

यसैबीच नेपालले नामिबियाको चौथो विकेट लिएको छ । आदिल आलमको बलमा आरिफ सेखले क्राइग विलियम्सलाई रनआउट गराएका हुन् ।

यसअघि कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसीले एक विकेट लिएका थिए ।

नामिबियाले २३.१ ओभरमा चार विकेटको क्षतिमा १०१ रन बनाएको छ ।

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट