दीपेन्द्रले दिलाए नेपाललाई पाँचौ सफलता

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।
यसैबीच नेपालले नामिबियाको पाचौँ विकेट लिएको छ । दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौ सफलता दिलाएका हुन् । यसअघि कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसीले एक विकेट लिएका थिए ।
यस्तै, आदिल आलमको बलमा आरिफ सेखले क्राइग विलियम्सलाई रनआउट गराएका हुन् ।
नामिबियाले ३३.४ ओभरमा पाँच विकेटको क्षतिमा १३२ रन बनाएको छ ।
प्रतिक्रिया