NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

नेपाललाई छैटौँ सफलता, सन्दीपले लिए व्यक्तिगत तेस्रो विकेट

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।

यसैबीच नेपालले नामिबियाको छैटौं विकेट लिएको छ ।

सन्दीप लामिछानेले नेपाललाई अर्को सफलता दिलाएका हुन् । यससँगै उनले जारी खेलमा तीन विकेट लिइसकेका छन् ।

यस्तै, दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक विकेट लिएका थिए ।

त्यस्तै, आदिल आलमको बलमा आरिफ सेखले क्राइग विलियम्सलाई रनआउट गराएका थिए ।

नामिबियाले ३५.२ ओभरमा ६ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।

दीपेन्द्रले दिलाए नेपाललाई पाँचौ सफलता