नानी अष्ट्रेलियन क्लबमा अनुबन्धित

काठमाडौं । पोर्चुगिज विंगर लुइस नानी अष्ट्रेलियन क्लब मेलबर्न भिक्ट्रीमा अनुबन्धित भएका छन् ।
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वस्टार नानीलाई अष्ट्रेलियन ए लिग क्लब मेलबर्नले मंगलबार अनुबन्ध गरेको हो ।
नानी २०२२-२३ को सिजनका लागि अनुबन्धित भएको क्लबले जनाएको छ ।
च्याम्पियन्स लिग विजेतासमेत रहेका नानीले पछिल्लो सिजन इटालियन सिरी बी क्लब भेनेजियाबाट खेलेका थिए ।
युनाइटेडबाट २००७ देखि २०१५ सम्म खेलेका नानीले १ सय ४७ खेल २५ गोल गरेका थिए । उनले अर्का पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँगै युनाइटेडमा खेलेका थिए ।
पोर्चुगलबाट नानीले युरोकप जितेका छन् । उनले राष्ट्रिय टोलीमा ११२ खेल खेल्दै २४ गोल गरेका छन् ।
ताजा अपडेट
-
१२ देशका नागरिकलाई अमेरिकामा प्रतिबन्ध लगाउन ट्रम्पले गरे घोषणापत्रमा हस्ताक्षर
-
संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा
-
पोर्चुगल नेसन्स लिगको फाइनलमा, जर्मनी पराजित
-
अबदेखि घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने, कारण यस्तो छ
-
सार्वजनिक यातायात सेवामा बन्द-हडताल नगर्न सर्वोच्चको आदेश
प्रतिक्रिया