मेसीले यही जर्सी लगाएर विश्वकप खेल्नेछन् (६ तस्बिरसहित)

काठमाडौं । कतार विश्वकपमा कप्तान लियोनल मेसीसँगै उनका सहकर्मीहरूले लगाउने अर्जेन्टिनाको होम जर्सी सार्वजनिक भएको छ ।
मेसीसँगै एंगेल डी मारिया, जियाभानी लो सेल्सो, जुलियन अल्भारेज र माटिएस सोउलेलगायतलाई जर्सी लगाइदिएर अर्जेन्टिनी फुटबल संघले हालै सार्वजनिक गरेको हो ।
जर्सीमा सदा झै अर्जेन्टिनाको आकाशे निलो र सेता रङ प्रयोग गरिएको छ । पछाडि भने रङ उस्तै भएपनि अलि फरक डिजाइन छ ।
विशेषगरी, जर्सी नम्बर लेख्दाको डिजाइन धेरै नै फरक छ । जर्मनीको एडिडास कम्पनीले जर्सी तयार पारेको हो ।
नोभेम्बर २१ देखि विश्वकप सुरु हुँदैछ । प्रमुख दाबेदारमध्ये एक रहेको अर्जेन्टिना समूह सीमा छ । सो समूहमा दुई पटकको विजेता अर्जेन्टिनासँगै साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड पनि छन् ।
यस्तो अवस्थामा मात्रै मेसीको अर्जेन्टिना फाइनलमा पुग्न सक्छ : हेनरी
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया