स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
खेल स्कटल्याण्डको टिटवुड ग्लासगोमा केहीबेरपछि सुरु हुँदैछ ।
नेपाल सोमबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो ।
नेपालले आज पनि नामिबियाविरुद्ध उत्रिएको टोलीलाई नै निरन्तरता दिएको छ ।
यस्तो छ नेपालको सुरुवाती ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया