स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले घरेलु टोली स्कटल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
खेल स्कटल्याण्डको टिटवुड ग्लासगोमा केहीबेरपछि सुरु हुँदैछ ।
नेपाल सोमबार भएको पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो ।
नेपालले आज पनि नामिबियाविरुद्ध उत्रिएको टोलीलाई नै निरन्तरता दिएको छ ।
यस्तो छ नेपालको सुरुवाती ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, देव खनाल, रोहित पौडेल (उपकप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र बसिर अहमद ।
ताजा अपडेट
-
यस्तो छ त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टिम
-
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा सुरक्षा व्यवस्थामा कडाइ
-
राष्ट्र बैंकद्वारा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
-
शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
टरुवा ताल संरक्षणका लागि जलकुम्भी हटाइँदै
प्रतिक्रिया