नेपालले पहिलो विकेट गुमायो

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुद्ध खेलिरहेका नेपालले पहिलो विकेट गुमाएको छ ।
एक सय ४५ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले आठौं ओभरमा ४७ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो ।
कुशल भुर्तेल २७ रन बनाएर आउट भएका हुन् । उनको स्थानमा देव खनाल ब्याटिङ गरिहेका छन् । उनलाई आरिफ शेखले साथ दिइरहेका छन् ।
यसैबीच, नेपालले ५० रन कटाएको छ । ८.४ ओभरमा नेपालले ५० रन कटाएको हो ।
प्रतिक्रिया