NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

थप ८९५ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं । पछिल्लो केहिदिनयता कोरोनाका संक्रमित बढ्दै गइरहेका छन् । गत २४ घण्टामा ८९५ नयाँ संक्रमित थपिएका छन् ।

५ हजार ९०९ जनामा परीक्षण गर्दा पिसीआरमा ६३२ र एन्टीजेनमा २६३ जनामा परीक्षण गर्दा सो संख्यामा कारोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार ६२० जनामा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै गएको २४ घण्टाको अवधिमा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जारी गरेको विवरणमाा उल्लेख छ । आइतबार पनि एक जना संक्रमितको मृत्यु भएको थियो । त्यस्तै, सोमबार २६४ जना संक्रमणमुक्त्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ रहेको छ ।

मन्त्रालयले कोरोना दर बढ्दै गएपछि सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष