थप ९१५ जनामा काेरोना पुष्टि, ३०१ संक्रमणमुक्त
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार २ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
हालसम्म नेपालमा ११ लाख ३१ हजार ८५३ मा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३०१ सङ्क्रमणमुक्त भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ७० हजार ९ सय २६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६८ पुगेको छ । गत २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार चार सय ३३ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया