थप ७६० जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । गत २४ घण्टामा ५ हजार ९२६ जनामा कोरोना परीक्षण गर्दा थप ७६० जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ९१५ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यस्तै गएको २४ घण्टाको अवधिमा १ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ९६९ पुगेको छ भने ३२४ जना निको भएका छन् ।
यो सँगै निको हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५ हजार ६०२ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार ५ हजार ४३३ सक्रिय संक्रमित रहेका थिए ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया