NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ हजार ७१२ जनामा गरिएको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार २२६ पुगेको छ ।

शुक्रबार ५११ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्‍ये ५ हजार ५६५ जना होम आइसोलेसनमा रहेका छन् भने २१० जना संस्थागत आइसोलेसन र ६३ जना आईसीयूमा छन् ।

यस्तै, ८ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ । गत २४ घण्टामा २३ हजार ८०१ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।

No photo description available.