५४२ जनामा कोरोना संक्रमण पुष्टि , ४२१ संक्रमणमुक्त
काठमाडौं । बिहीबार थप ५४२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा पिसीआरमा २२४ र एन्टीजेनमा ३१८ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार ८५२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, गत २४ घण्टामा ४२१ संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ । बुधबार ३२८ संक्रमित निकाे भएका थिए ।
गएको २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जारी गर्ने तथ्यांकमा उल्लेख छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार ९९० पुगेको छ । बिहीबार ५ हजार २६५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया