५४२ जनामा कोरोना संक्रमण पुष्टि , ४२१ संक्रमणमुक्त

काठमाडौं । बिहीबार थप ५४२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा पिसीआरमा २२४ र एन्टीजेनमा ३१८ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार ८५२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, गत २४ घण्टामा ४२१ संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ९ लाख ७७ हजार ३५८ पुगेको छ । बुधबार ३२८ संक्रमित निकाे भएका थिए ।
गएको २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जारी गर्ने तथ्यांकमा उल्लेख छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार ९९० पुगेको छ । बिहीबार ५ हजार २६५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
आईपीएल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित, जोशीलाई नयाँ जिम्मेवारी
-
यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्ने
-
विपद् व्यवस्थापनमा क्रियाशील हुन गृहमन्त्रीको निर्देशन
-
गण्डकीमा राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित
प्रतिक्रिया