NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

२८६ जनामा कोरोना संक्रमण, ४७९ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमण देखिएको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट २०२ र एन्टिजेन परीक्षणबाट ८४ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार २९९ जना संक्रमित थपिएका थिए ।

त्यस्तै, गएको २४ घण्टामा ४७९ जना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट कसैको मृत्यु भएको छैन। शनिबार २ जना संक्रमितकाे मृत्यु भएकाे थियाे । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३४८ रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.