NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ६५८ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । सोमबार थप ६५८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार ६४३ जनाकाे परीक्षणामा पिसीआर विधिमा ३ हजार ३८१ जनामा ४०५ र ३ हजार २६२ जनाकाे एन्टिजेनमा २५३ जना संक्रमित भेटिएका हुन् । आइतबार २८६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै गत २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ९९३ पुगेको छ भने गएको २४ घण्टाको अवधिमा ४५६ जना संक्रमणमुक्त भएका छन् । आइतबार ४७९ संक्रमित निको भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

No photo description available.