थप ६५८ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु
काठमाडौं । सोमबार थप ६५८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६ हजार ६४३ जनाकाे परीक्षणामा पिसीआर विधिमा ३ हजार ३८१ जनामा ४०५ र ३ हजार २६२ जनाकाे एन्टिजेनमा २५३ जना संक्रमित भेटिएका हुन् । आइतबार २८६ जनामा कोरोना संक्रमण देखिएको थियो ।
त्यस्तै गत २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ११ हजार ९९३ पुगेको छ भने गएको २४ घण्टाको अवधिमा ४५६ जना संक्रमणमुक्त भएका छन् । आइतबार ४७९ संक्रमित निको भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया