NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप ४४४ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ३०७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै, बिहीबार देशभर ४ हजार १९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.