स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङको स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन् । उनलाई आज (शुक्रबार) वीर अस्पताल भर्ना गरिएको हो ।
स्रोतका अनुसार रिंगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिएपछि मन्त्री खापुङलाई अस्पताल लगिएको हो । उनको अवस्था भने सामान्य रहेको छ । खापुङ पछिल्लो एक हप्तादेखि गृह जिल्ला तेह्रथुम थिए। उनी हिजोमात्रै काठमाडौं आएका हुन्।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया