NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देशभर थपिए २०२ कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ६४ पीसीआर परीक्षणमा १६४ र १ हजार ७६९ एन्टिजेन परीक्षणमा ३८ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार आइतबार ४६२ जना संक्रमणमुक्त भएका छन भने एक जनाको मृत्यु भएको छ । गएको २४ घण्टाको अवधिमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१३ रहेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ५१ हजार २३४ जनाले खोप लगाएका छन् ।

 

 

 

No photo description available.