थप २३० जनामा कोरोना संक्रमित, २ जनाको निधन
काठमाडाैं । कोरोना भाइरसको संक्रमण आज दुई सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले तीन हजार आठ सय ३६ परीक्षणमध्ये दुई सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज ७८ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत रहेको छ ।
उपत्यकामा ४९ जना
यस्तै काठमाडौँ उपत्यकामा ४९ जनामा संक्रमण पुष्टि भएको छ । उनले ललितपुरमा तीन, भक्तपुरमा चार र काठमाडौँमा ४२ जनामा संक्रमण भएको मन्त्रालयका बताए । उनले सक्रिय संक्रमितको संख्या दुई हजार पाँच सय पाँच पुगेको जानकारी दिए ।
यस्तै आज कोरोना भाइरसको संक्रमणबाट दुई जना पनि निधन भएको छैन । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, मुगु र बझाङ रहेका छन् ।
यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय ८०, संस्थागत आइसोलेसनमा एक सय २५, सघन उपचार कक्ष (आइसियु) मा ३२ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ । आज कोरोना भाइरसविरुद्धको खोप एक लाख ६५ हजार दुई सय छ जनाले लगाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया