थप २०३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । गत २४ घण्टामा देशभर थप २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय पीसीआर परीक्षणमा ८७ जना र ३ हजार ७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १२६ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ७ सय १० पुगेको छ । मंगलबार कसैको पनि कोरोना भाइरसका कारण मृत्यु भएको छैन् ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १५ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । गएको २४ घण्टाको अवधिमा २ हजार २३२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया