देशभर थपिए ११० जना नयाँ संक्रमित, एकको मृत्यु
काठमाडौं । देशभर थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै शुक्रबार १२६ संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८५ हजार १ सय ३ पुगेको मन्त्रालयको जारी विवरणमा उल्लेख छ ।
मन्त्रालयको अनुसार गएको २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १२ हजार १६ पुगेको छ भने आज थप २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया