बालबालिकाको निः शुल्क मुटु परीक्षण अभियान सञ्चालन

चितवन । जिल्लाका ग्रामीण भेगका बालबालिकाको मुटु परीक्षण अभियान सञ्चालन गरिइएको छ । बालबालिकामा मुटुको समस्या भएर भविष्यमा जटिलता उत्पन्न नहोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ चितवन र नेपाल हर्ट फाउण्डेशन भरतपुर शाखासँगको सहकार्यमा मुटु अस्पतालले अभियान अघि बढाएको हो ।
अस्पतालका कार्यकारी प्रमुख डा शङ्कर लौडारीका अनुसार गएको पुसयता हालसम्म सात विद्यालयका तीन हजार पाँच सय जनाको निःशुल्क मुटु परीक्षण गरिसकिएको छ । तीमध्ये १५ जनामा मुटुको बाथरोग, १३ जनामा मुटुको जन्मजात समस्या देखिएको छ । तिनीहरूमध्ये चार जनाको शल्यक्रिया गर्नुपर्ने भएको उनले जानकारी दिए ।
अभियानका क्रममा औषधि निःशुल्क वितरण गरिएको थियो भने शल्यक्रियाका लागि सहजीकरण गरिएको छ । बछ्यौली, शिक्षा विकास , मालपुर , ब्रम्हपुरी , समिपुर र झुवानी मावि सहित स्काइराइडर बोर्डिङ स्कुलमा परीक्षण गरिएको हो । तीमध्ये सबैभन्दा बढी समिपुरमा चार जनामा समस्या देखिएको थियो ।
अस्पतालले मुटुको बाथरोग तथा नवजात रोग परीक्षण गरेको हो । मुटुको भिडियो एक्सरे (इकोकार्डियोग्राफी) को माध्यमबाट परीक्षण गर्ने गरिन्छ । विद्यालयमै भिडियो एक्सरे मेसिन लगेर परीक्षण गरिँदै आएको छ । उनल भने, ‘विश्वभरि नै इकोकार्डियोग्राफी मुटुको रोग पत्ता लगाउने उपयुक्त प्रविधि हो ।’
बालबालिकामा मुटुमा प्वाल पर्ने, मुटुबाट निस्किने नशा सानो हुने, मुटुको भल्व सुक्ने, मुटुमा पानी जम्मा हुनेजस्ता समस्या देखापर्ने गर्दछन् । यस्तो समस्या भए पनि अधिकांशमा लक्षण नदेखिने हुँदा परीक्षण गर्नुपर्ने डा लौडारी बताए । उनका अनुसार ९९ प्रतिशत मुटुसमस्या इको गरेर पहिचान गर्न सकिन्छ ।
ताजा अपडेट
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
प्रतिक्रिया