थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ६२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।
त्यस्तै गत २४ घण्टामा देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने ८४ जना संक्रमित संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट सोमबार कसैको पनि मृत्यु भएको छैन् ।
प्रतिक्रिया