देशभर थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार एक हजार ७२९ पीसीआर परीक्षणमा ४२ जना र दुई हजार एक सय एन्टिजेन परीक्षणमा १२ जना गरी ५४ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै, मंगलबार ७६ जना संक्रमित निको भएका छन् भने हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार १४४ रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया