चितवनमा डेंगुबाट एक महिलाको मृत्यु
चितवन । डेंगुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।
जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
सुनको मूल्य दुई हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा
-
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
-
रोनाल्डोको गोलको मद्दतमा अल नासरको सहज जित
प्रतिक्रिया