डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजारभन्दा बढी संक्रमित
काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयका अनुसार साउनयता बिहीबारसम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण देखिएकाे छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा डेंगुका बिरामी रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको मन्त्रालयले जारी गर्ने विवरणमा उल्लेख छ । बागमतिमा २१ हजार ९७५ जना डेंगु संक्रमित छन् त्यस्तै, क्रमश प्रदेश १ मा ८२९, मधेसमा ४१३ , गण्डकीमा ६७७, लुम्बिनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगु संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया