NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजारभन्दा बढी संक्रमित

काठमाडौं । नेपालमा डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । मन्त्रालयका अनुसार साउनयता बिहीबारसम्म २८ हजार १०९ जनामा डेंगु संक्रमण देखिएकाे छ ।

सबैभन्दा धेरै बागमती प्रदेशमा डेंगुका बिरामी रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको मन्त्रालयले जारी गर्ने विवरणमा उल्लेख छ । बागमतिमा २१ हजार ९७५ जना डेंगु संक्रमित छन् त्यस्तै, क्रमश प्रदेश १ मा ८२९, मधेसमा ४१३ , गण्डकीमा ६७७, लुम्बिनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदुरपश्चिम प्रदेशमा ८५० जना डेंगु संक्रमित रहेकाे मन्त्रालयले जनाएकाे छ।