NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

विश्व दृष्टि दिवस : आँखा कसरी जोगाउने ?

काठमाडौं । आज अक्टोबर १३ अर्थात विश्व दृष्टि दिवस । नेपालमा पनि ‘आँखालाई माया गरौं’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइदैँ छ । मानिसको आखाँ संवेदनशील हुनाले यसको हेरचाह पनि महत्वपूर्ण छ ।

आँखाको सानो हेलचेक्रयाईले ठूलो समस्या निम्त्याउन सक्छ । यसकै कारण आँखाको दृष्टि कम हुँदै गएर ज्योति गुम्ने खतरासमेत हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै २ अर्ब २० करोड मानिसमा आँखाको समस्या छ ।

आँँखाको हेरचाह

स्वस्थ आखाँको लागि स्वस्थ खानपान जरुरी छ । आँखाको लागि सागसब्जी, गेडागुडी हरियो तरकारी निकै लाभदायिक मानिन्छ । त्यसैले हरेक दिन खानामा सागसब्जी तथा गेडागुडीको समावेश गर्नुपर्छ । दिनमा कम्तिमा २ देखि ३ लिटर पानी पिउने तथा बाहिर निस्कदा आँखालाई घुलो, धुवाँ तथा घाममाबाट बचाउन चश्माको प्रयोग गर्ने बानि बसाल्नुपर्छ । आँखा बिहान र बेलुकी सधै सफा पानीले धुने गर्नुपर्छ भने  चिकित्सको सल्लाह विपरीत जथाभावी औषधीको प्रयोग गर्नु हुँदैन् । समय समयमा आँखाको जाँच गराउने गर्दा यसले गम्भिर समस्या निम्तिनबाट जाेगाउँछ । आँखालाई प्रशस्त मात्रामा आराम दिनुपर्छ ।