NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

४८ जनामा कोरोना संक्रमण, ५० संक्रमणमुक्त

काठमाडौं । बुधबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक हजार ७८३ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५० जना संक्रमित निको भएको छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७२८ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । गएकाे २४ घण्टामा २१ हजार ४२५ जनाले कोरोनाविरुद्ध खाेप लगाएका छन् ।

No photo description available.