सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या १२१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष छन् ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी संक्रमित भेटिएको छ । तीस जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो ।
समूहका अध्यक्ष तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता संघसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ । मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया