NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या १२१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एचआइभी संक्रमितको संख्या एक सय २१ पुगेको छ । लामो समयदेखि जिल्लामा एचआइभी/एड्स नियन्त्रणका लागि काम गर्दै आएको मिर्मिरे समूहका अध्यक्ष किपक तामाङका अनुसार सङ्क्रमितहरूमध्ये ५३ महिला र ६८ पुरूष  छन् ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने इचोक गाविसमा सवैभन्दा बढी एचआइभी संक्रमित भेटिएको छ । तीस जना संक्रमितहरूमध्ये ११ महिला र १९ पुरुष रहेका छन् । गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ मा एचआइभी/एड्स देखिएको थियो ।

समूहका अध्यक्ष  तामाङका अनुसार यो सङ्ख्या अझै बढी हुनसक्छ । उनले भने, ‘यो तथ्यांक त हामीसँग सम्पर्कमा आएकाहरूको मात्रै हो, हामीजस्ता संघसंस्थाहरूको सम्पर्कमा आउन नचाहनेको सङ्ख्या अझै बढी रहेको अनुमान गरेका छौँ । मिर्मिरेको तथ्याङ्कमा जिल्लामा ६ बालबालिकामा एचआइभी भेटिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष