झापामा चार महिनामा ३७ जना एचआइभी संक्रमित
झापा । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स संक्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआइभी एड्स संक्रमित थपिएका हुन् ।
स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन् ।
गत वर्ष ३० जनामा एचआइभी एड्स संक्रमण भएको थियो । जिल्लामा हाल ६३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् ।
दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ आज जिल्लामा विविधि कार्यक्रम गरी ‘विश्व एड्स दिवस’ मनाइँदैछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया