जाडो बढ्यो, डेंगु संक्रमित घटे
सुदुरपश्चिम । जाडोयाम सुरु भएसँगै सुदुरपश्चिममा डेंगीका संक्रमित घटेका छन् ।
कार्तिक महिनाको यहि समयमा ७५ भन्दा बढी डेंगी संक्रमित अस्पताल भर्ना भएकोमा पछिल्लो एक महिनामा आधा भन्दा कम रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले बताए ।
जोशीका अनुसार जाडो समयमा लामखुट्टेको वृद्धिविकास निकै कम हुन्छ । निर्देशनालयका अनुसार डेंगीबाट कैलालीमा २, अछाम र कञ्चनपुरमा १/१ गरी ४ जनाको मृत्यु भएको थियो भने बाजुरामा २६,अछाममा ४०, डडेल्धुरामा ४२, बैतडीमा ७३ डेंगी संक्रमित देखिएका थिए ।
कन्चनपुर, कैलाली र दार्चुलामा भने डेंगी संक्रमितको संख्या २ सय नाघेको थियो । तर अहिले जाडो बढेसँगै डेंगीका संक्रमितहरू पातलिएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया