१ सय ९८ प्रकारका औषधि नेपाल भित्रिए

काठमाडौं । गत आर्थिक बर्ष सरकारको विषेश सिफारिसमा नेपालमा १ सय ९८ प्रकारका औषधि आयात गरिएको छ ।
औषधि व्यवस्था विभागको सिफारिसमा नेपालमा १ सय ९८ प्रकारका औषधिहरु आयात भएका हुन् ।
त्यसरी आयात गरिएका अधिकांश औषधिहरु क्यान्सर, क्षयरोग तथा एचआईभी जस्ता रोगबाट ग्रसित विरामीले खाने औषधि रहेको विभागले जनाएको छ ।
नियमित रूपमा उपलव्ध नभएका तथा आयात नगरिएका ती औषधिहरु बिरामीको माग अनुसार अस्पतालले गरेको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गरेर ल्याइएको हो ।
गत मङ्गलबार विभागले २०७८ साउन देखि २०७९ असार मसान्त सम्म आयात गरिएका औषधिहरुको सूची प्रकाशित गरेको छ ।
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया