फिदिममा निःशुल्क हाडजोर्नी शिविर

पाँचथर । फिदिममा सञ्चालन भएको १० दिने निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरमा तीन सयभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् । शिविरमा एक सय आठ जनाको शल्यक्रिया तथा दुई सय २६ जनाको जाँच गरिएको थियो ।
हाडजोर्नीको समस्या भएका र शरीरको विभिन्न अङ्गमा राखिएको स्टील रड पनि निकालिएको चिकित्सक मिङमा गेल्जेङ शेर्पाले बताए ।विपन्न नागरिकलाई लक्ष्य गरी घरआँगनीमै सेवा प्रवाह गर्ने उद्देश्यले पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाका सेवाग्राहीलाई सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजक फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए ।
उक्त नगरपालिका तथा पाँचथर जिल्ला अस्पतालले आयोजना गरेको सो शिविरमा नेपाल माउण्टेन मोबाइल अस्पताल तथा सोलखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोग उपलब्ध गराएको थियो भने स्थानीय जनसेवा समाजले शिविर व्यवस्थापन गरेको थियो ।
यसअघि पनि सोही टोलीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो । गत मङ्सिर २१ गतेदेखि सुरु भएको शिविर बिहीबार सम्पन्न भएको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया