कोरोना संक्रमण बढ्यो, आज १४ जना संक्रमित
काठमाडौं । केहीदिनयता मत्थर रहेको कोरोना संक्रमण पुन: बढ्न थालेको छ । गएको २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ८५८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यसै गरी आज कसैको पनि मृत्यु भएको छैन् भने निको हुनेको संख्या पनि शुन्य छ । बिहीबार २७ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप १३ हजार ३३८ जनाले लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।
छिमेकी मुलुकमा कोरोनाको सबभेरियन्ट फैलिएसँगै नेपालमा पनि सर्तकता अपनाइएको छ । स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम राख्न, मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, खोप लगाउन आग्रह गदै आइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया