NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कोरोना संक्रमण बढ्यो, आज १४ जना संक्रमित 

काठमाडौं । केहीदिनयता मत्थर रहेको कोरोना संक्रमण पुन: बढ्न थालेको छ । गएको २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या १४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८५८ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । त्यसै गरी आज कसैको पनि मृत्यु भएको छैन् भने निको हुनेको संख्या पनि शुन्य छ । बिहीबार २७ जना संक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप १३ हजार ३३८ जनाले लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

छिमेकी मुलुकमा कोरोनाको सबभेरियन्ट फैलिएसँगै नेपालमा पनि सर्तकता अपनाइएको छ । स्वास्थ्य मन्त्रालयले भौतिक दुरी कायम राख्न, मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, खोप लगाउन आग्रह गदै आइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष