NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

थप दुई जनामा कोरोना पुष्टि, २९ सक्रिय संक्रमित

काठमाडौं । गत २४ घण्टामा थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९४ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएको हो ।

त्यस्तै, आइतबार ३ जना निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८८ हजार ९५४ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा २९ जना सक्रिय संक्रमित छन् भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५२ हजार २९ रहेको मन्त्रालयले जनाएको छ ।