थप दुई जनामा कोरोना पुष्टि, २९ सक्रिय संक्रमित
काठमाडौं । गत २४ घण्टामा थप दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३९४ जनामा गरिएको नमुना परीक्षणमा सो संख्यामा संक्रमित भेटिएको हो ।
त्यस्तै, आइतबार ३ जना निको भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ९ लाख ८८ हजार ९५४ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा २९ जना सक्रिय संक्रमित छन् भने कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ५२ हजार २९ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया