हरिवनमा टेलिमेडिसिन सेवा कार्यक्रम सञ्चालन

काठमाडाैं । हरिवन नगरपालिकाद्वारा स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत विविध स्वास्थ्य सेवाका लागि टेलिमेडिसिन कार्यक्रम संचालन गरिएको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाईराइड विशेषज्ञ डा. ज्योति भट्टराईद्वारा हरिवन–४ निवासी कान्छीमाया संगको भिडियो सम्बाद मार्फत गरिएको थियो ।
नगरपालिकाको विशेषज्ञ सेवाअन्तर्गत डा. नरेन्द्र मैनालीद्वारा प्रत्यक महिना १०० भन्दा बढी बिरामीहरुको चेकजाँच गर्दै आएको छ । यस कार्यक्रम तेश्रो महिनासम्म आईपुग्दा सेवा थप गर्दै डा. अरुण कुँवरद्वारा मानसिक स्वास्थ्य सम्बन्धि चेकजाँच तथा निःशुल्क औषधी वितरण कार्य हुँदै आईरहेको छ । यसका साथै बालबालिका हरुको मानसिक रोग सम्बन्धि तिनदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भईसकेको छ । हालसम्म १५० भन्दा धेरै स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा शिक्षकशिक्षिका हरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । १६४ जना मानसिक रोगिहरुको स्वास्थ्य जाँच गरि १०–१२ जना गम्भिर प्रकृतिका मानसिक रोगिहरुको पहिचान गरि थप उपचारका लागि सिफारिस गरिएको छ ।
यस कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गर्नुहुने बिशेषज्ञ डाक्टरहरु डा. अरुण कुँवर, डा. नरेन्द्र मैनालि, डा. ज्योति भट्टराई, डा. अमित झा, सिविन नेपालका तर्फवाट प्रविधिक सहयोग जुटाउने कुमार भट्टराई, तथा अन्य व्यवस्थापनमा सहयोग गर्नुहुने युवराज बुढाथोकीलगायत सम्बद्ध सवै पक्षलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरे ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया