NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

विश्व रक्तदाता दिवसका अवसरमा सात जिल्लामा रक्तदान

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाले विभिन्न सात जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले र चितवन शाखाले आयोजना गरेको कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।

सोही समाजकै रुपन्देही शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको संयुक्त आयोजनामा बुटवलमा सम्पन्न रक्तदान कार्यक्रममा तीन दर्जनले रक्तदान गरेका छन् ।

शान्ति समाज नुवाकोट शाखा र नुवाकोट आदर्श बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा बट्टारमा सम्पन्न कार्यक्रममा ३४ जनाले रक्तदान गरेको जनाइएको छ । यस्तै शान्ति समाज पाल्पा, बाँके र सुनसरी शाखाले पनि रक्तदान कार्यक्रम गरेका छन् ।

सन् २००४ देखि जुन १४ का दिन अन्तर्राष्ट्रियस्तरमै विश्व रक्तदाता दिवस मनाउने गरिएको छ । शान्ति समाजले आफ्नो स्थापना दिवस, राष्ट्रिय परिषद् बैठकलगायत विभिन्न सन्दर्भमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।