गोरखामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर
गोरखा । गोरखा नगरपालिका गोरखाले आयोजना भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् ।
नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए । स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१ जनाले ब्लड सुगर परीक्षण गरिएको प्रमुख श्रेष्ठले बताए।
शिविरमा आएका उपचार सेवा लिएकाहरु औषधिसमेत वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । स्वास्थ्य शिविरमा नरदेवी आयुर्वेद विज्ञ डा वृद्धिप्रसाद पौडेल, देउराली स्वास्थ्यचौकीका प्रमुख दीपेन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया