NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

फ्रिजमा राखिएको पानी स्वास्थ्य लागि फाइदा कि हानी

काठमाडौं । हाम्रो शरीरको ७० प्रतिशत अंग पानीले बनेको हुन्छ। सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर, यो एकै चोटी पिउनु हुँदैन।

गर्मी मौसममा हामी मध्ये धेरैलाई फ्रिजमा राखिएको चिसो पानी पिउन मन पर्छ । तर, स्वास्थ्यको दृष्टिकोणले चिसो पानी भन्दा मनतातो पानी पिउन उत्तम रहेको एक अध्ययनले देखाएको छ ।

चिसो पानी पिउँदा के हुन्छ ?

– जब तपाई चिसो पेय पदार्थ पिउनु हुन्छ तपाईको रगतको नशाहरु खुम्चिन्छ, तपाईको पाचन प्रक्रियामा पनि रोकावट आउँछ र तिर्खामा समेत बाधा पुग्न सक्छ ।

– खाना खाएपछि चिसो पानी पिउनाले शरीरमा अत्यधिक खकार उत्पादन हुन्छ जसका कारण इम्युन सिस्टम कमजोर हुन जान्छ र रुघाखोकी लगायतका अन्य रोगबेथाले आक्रमण गर्छ ।

– चिसो पेय पदार्थ सेवन गर्दै वा चिसो पेय पदार्थ सेवन गरे लगत्तै यदि तपाई केही खानेकुरा खानुहुन्छ भने शरीरमा भएको पानीको तापक्रमले खानामा भएको चिल्लो पनालाई ठोसमा परिणत गरिदिन्छ र शरीरले उक्त चिल्लो तथा बोसोलाई सहजै पचाउन सक्दैन ।

केही मानिसहरु फ्रिजमा चिसो पारिएको पानी तथा वरफ पानीले क्यालोरिलाई पगाल्न अहम भूमिका खेल्ने बताउँछन् । तर त्यो सत्य हुन नसक्ने अनुसन्धानले देखाएको छ ।

अनुसन्धानकर्ताहरुका अनुसार चिसो पेय पदार्थले पाचन प्रक्रियामा ठूलो असर पार्छ ।

मनतातो पानी पिउनाले हुने फाइदाहरु :

– पाचन प्रक्रियामा तिब्रता ल्याउनुका साथै शरीरमा पानीको अभाव हुन दिँदैन ।

– प्राकृतिक पाचन रसहरुमा तिब्रता ल्याउनुका साथै पाचन शक्ति बलियो बनाउँछ ।

– बिहान मनतातो पानीका साथ कागती मिसाएर सेवन गर्नाले दिसा सफा हुन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष