NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

जान्नुहोस् भुईंकटहरका यी दश फाइदा

काठमाडौं । गर्मी मौसममा पाइने धेरै फलहरु मध्ये एक हो भुईंकटहर । विशेष गरी यो फल गर्मी मौसम र तातो हावापानी हुुने ठाउँमा उत्पादन हुन्छ । यसमा भिटामीन, पोषण र इन्जाइमको मात्रा अत्यधिक मात्रामा उपलब्ध हुने हुनाले यो फलको सेवनबाट धेरै फाइदा लिन सकिन्छ । आज हामीले नियमित रुपमा भुईंकटहर खाँदा पाउन सकिने १० फाइदाका बारेमा चर्चा गरेका छौँ ।

१. अत्यधिक पोषण तत्व

भुईंकटहरमा हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण तत्व अत्यधिक मात्रामा लुकेको हुन्छ । यो रसिलो फलमा क्यालसियम, कपर, फसफोरस, पोटासियम, भिटामीन बी, भिटामीन ए र म्याग्नीज जस्ता पोषण तत्व पाइन्छ ।

२. यसले रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ
भुईंकटहर खानुपर्ने अर्को महत्वपुर्ण कारण भनेको यसमा शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ । यसको नियमित सेवनले साधारण संक्रमणहरु जस्तै फ्लु अनि साधारण रुघाखोकीहरुले सजिलै आक्रमण गर्न सक्दैन ।

३. उच्च रक्तचापलाई नरमल बनाउँछ
यदि तपाईं उच्च रक्तचापले पीडित हुनुहुन्छ तपाईं दिनहुँ भुईंकटहरको एक गिलास जुस नियमित रुपले सेवन गर्नु उपयुक्त हुन्छ । यो फलमा रक्तचापलाई नियमित पार्न पोटासियमको मात्रा लुकेको हुन्छ ।

४. शरीर सुनिने रोग बिरुद्ध लड्न सक्ने क्षमता वृद्धि हुन्छ

यदि तपाईं आर्थराइटिस तथा जोर्नी सम्बन्धी वा शरीर सुनिने समस्याहरुबाट पीडित हुनुहुन्छ भने भुईंकटहर खाने गर्नुहोस् । यसमा ब्रोमलेन भन्ने तत्व लुकेको हुन्छ जसमा जोर्नी जन्य सुनिने समस्याहरु बिरुद्ध लड्न सक्ने क्षमता अत्यधिक मात्रामा आबद्ध हुन्छ ।

५. छालालाई आकर्षक बनाउँछ
भुईंकटहरमा कोलाजेन भन्ने तत्व लुकेको हुन्छ जुन छाला रेखदेखका लागि अति आवश्यक छ । यो तत्व हरेक छाला हेरचाहका लागि उत्पादन गरिएको सौन्दर्य सामग्रीमा समेत मिलाइएकै हुन्छ । तसर्थ भुईंकटहर खाने गर्नुहोस् र आफ्नो छालालाई आकर्षक बनाउनुहोस् ।

६. पाचन प्रक्रियामा सुधार ल्याउँछ
भुईंकटहरमा फाइबरको मात्रा प्रचुर रुपमा हुने हुँदा यसले पेट सफा गर्नका साथै पाचनसँग सम्बिन्धित समस्या उत्पन्न हुन दिँदैन।

७. स्वस्थ दृष्टि
यसको सेवनले आँखाको दृष्टिलाई पनि तेजिलो बनाउँछ । भूँईकटहरमा बेटा क्यारोटीन भन्ने तत्व लुकेको हुन्छ जुन आँखाको रोशनी तेज पार्न अति आवश्यक हुन्छ ।

८. हड्डी बलियो हुन्छ
यसमा क्याल्सियमको मात्रा अत्यधिक रहन्छ जसले तपाईको हड्डीलाई बलियो बनाउन मद्धत पुर्याउँछ ।

९. छालालाई नरम बनाउँछ
प्रशस्त मात्रामा भुईंकटहर सेवन गर्नुहोस् । यसले तपाईको चाउरी परेको र मरेको छालाको तन्तुहरुको ठाउँमा नयाँ र आकर्षक छाला पलाउन मद्दत गर्छ ।

१०. कपाल स्वस्थ रहन्छ
भुईंकटहरको दैनिक सेवनले कपाललाई बाक्लो र चम्किलो बनाउन मद्दत गर्दछ ।

ताजा अपडेट

नेपालवाच विशेष