NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

किन खाने पेस्ता ?

काठमाडौं । ड्राइ फ्रुट मध्ये स्वाद र स्वास्थयको लागि लाभदायक मानिने एक हो पेस्ता । पेस्ताको स्वाद मन नपराउने सायदै कोही होलान् । स्वाद मात्र नभै पेस्ताको सेवन गर्नाले मानव स्वास्थमा अनेकौँ प्रकारका फाइदाहरु प्राप्त हुन्छ ।

पेस्तालाई भान्छामा बनाइने कतिपय परिकारमा पनि प्रयोग गर्न सक्छौँ । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रुपमा सेफहरुले लिने गरेका छन् । आज हामी पेस्ता सेवन गर्नाले हुने फाइदाहरुको उल्लेख गर्छौँ ।

१. मुटु
नियमित रुपमा पेस्ता खानाले मुटुजन्य समस्याबाट छुटकारा पाउन मद्दत गर्दछ । पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ भने उच्च रक्तचाप हुनेहरुका लागि अति उपयुक्त ओखती पनि हो ।

२. स्वस्थकर चिल्लो
पेस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ । ५० दाना पेस्तामा १६० क्यालोरी लुकेको हुने एक अध्ययनले देखाएको छ । यसको अर्थ पेस्ता लो क्यालोरी भएको खाजा भन्दा पनि हुन्छ ।

३. फाइबर
पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ । यसको पाचन प्रणालीमा पनि सन्तुलन ल्याउन मद्दत गर्दछ ।

४. क्यारोटिन

पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्दत पुर्याउँछ ।

५. कोलस्ट्रोल नियन्त्रण

पिस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेश हुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ ।

६. प्रोटिन

हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरुका लागि लाभदायक हुन्छ । माछा–मासुमा पाउने पौष्टिक तत्व पेस्तामा पनि पाउन सकिन्छ ।

७. विषादीनाशक
केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध हुने फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध हुन्छ जसले शरीरमा विषादीनाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिँदैन । यसैले पेस्तालाई क्यान्सर तथा मुटुजन्य रोगका लागि प्रतिरोधात्मक मानिन्छ ।

८. पोषण

पेस्तामा आइरन, पोटासियम, फसफोरस, म्याग्नेसियम तथा भिटामीन बी६ को मात्रा उपलब्ध हुन्छ । जसले गर्दा धेरै थरी खानेकुराबाट पाउन सकिने पोषण पेस्तामा पाउन सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष