खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ ।
शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेंगु संक्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।
मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया