बच्चालाई डेंगुबाट यसरी बचाउनुहाेस्
एजेन्सी । अहिले डेंगुको संक्रमण बढ्दै गएको छ । यसबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेबाट जोगिनु हो ।
डेंगु सबै उमेर समूहमा लाग्छ तर पनि बच्चामा यसको जोखिम उच्च रहन्छ । नीहरुको प्रतिरक्षा क्षमता कमजोर हुँदा पनि बालबच्चामा डेंगु हुने सम्भावना बढी हुन्छ । एडिस जातका पोथी लामखुट्टेको टोकाइले डेंगु लाग्छ ।
बालबालिका डेंगुबाट जोगाउन यी काम गर्नुहोस्
लामखुट्टेको टोकाइबाट बचाउन क्रिम प्रयोग गर्नुहोस्
लामखुट्टेको टोकाइले डेंगु हुने हुँदा बालबालिकालाई जतिसक्दो लामखुटेबाट जोगाउनु पर्छ । यसको लागि उनीहरुलाई लामखुट्टेको क्रिमहरु प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि यस्ता क्रिम बालबच्चामा लगाइदिनु पर्छ । यसले लामखुट्ेको टोकाइबाट बचाउँछ ।
सरसफाइमा ध्यान दिनुहोस्
हरेक रोगबाट बच्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सरसफाइ हो । जसले हामीलाई हरेक प्रकारको रोगबाट बचाउन मद्दत गर्छ, त्यसैले घरको सरसफाइमा पूर्ण ख्याल गर्नुहोस् ।
घरवरपर पानी जम्न नदिनुहोस्
डेंगु लामखुट्टे पानी जम्मा भएको स्थानमा अण्डा पार्छ । त्यसैले बालबालिकालाई डेंगुबाट बचाउन घर वरपर रहेको पानी जम्मा हुन दिनुहुँदैन् । पानीको मुहान, ट्याकी समय समयमा सफा गर्नुका साथै साँझमा बालबालिकालाई पानी जम्मा भएको स्थानमा जान दिनु हुँदैन् भने बेलुका आफ्नो घरको झ्याल र ढोकाहरू बन्द गर्नुहोस् ।
बालबालिकालाई पूरै बाहुला भएको लुगा लगाइदिने
डेंगुबाट बचाउन बालबालिकालाई पूरा बाहुला भएको लुगा लगाइदिनुपर्छ । यसले उनीहरु सिधै लामखुट्टेको पहुँचमा आउन सक्दैनन् र सुरक्षित रहन्छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया