NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बच्चालाई डेंगुबाट यसरी बचाउनुहाेस् 

एजेन्सी । अहिले डेंगुको संक्रमण बढ्दै गएको छ । यसबाट बच्ने उत्तम उपाय भनेको लामखुट्टेबाट जोगिनु हो ।

डेंगु सबै उमेर समूहमा लाग्छ तर पनि बच्चामा यसको जोखिम उच्च रहन्छ । नीहरुको प्रतिरक्षा क्षमता कमजोर हुँदा पनि बालबच्चामा डेंगु हुने सम्भावना बढी हुन्छ । एडिस जातका पोथी लामखुट्टेको टोकाइले डेंगु लाग्छ ।

बालबालिका डेंगुबाट जोगाउन यी काम गर्नुहोस् 

लामखुट्टेको टोकाइबाट बचाउन क्रिम प्रयोग गर्नुहोस्

लामखुट्टेको टोकाइले डेंगु हुने हुँदा बालबालिकालाई जतिसक्दो लामखुटेबाट जोगाउनु पर्छ । यसको लागि उनीहरुलाई लामखुट्टेको क्रिमहरु प्रयोग गर्न सकिन्छ । राति सुत्दा पनि यस्ता क्रिम बालबच्चामा लगाइदिनु पर्छ । यसले लामखुट्ेको टोकाइबाट बचाउँछ ।

सरसफाइमा ध्यान दिनुहोस्

हरेक रोगबाट बच्नको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा सरसफाइ हो । जसले हामीलाई हरेक प्रकारको रोगबाट बचाउन मद्दत गर्छ, त्यसैले घरको सरसफाइमा पूर्ण ख्याल गर्नुहोस् ।

घरवरपर पानी जम्न नदिनुहोस्

डेंगु लामखुट्टे पानी जम्मा भएको स्थानमा अण्डा पार्छ । त्यसैले बालबालिकालाई डेंगुबाट बचाउन घर वरपर रहेको पानी जम्मा हुन दिनुहुँदैन् । पानीको मुहान, ट्याकी समय समयमा सफा गर्नुका साथै साँझमा बालबालिकालाई पानी जम्मा भएको स्थानमा जान दिनु हुँदैन् भने बेलुका आफ्नो घरको झ्याल र ढोकाहरू बन्द गर्नुहोस् ।

बालबालिकालाई पूरै बाहुला भएको लुगा लगाइदिने

डेंगुबाट बचाउन बालबालिकालाई पूरा बाहुला भएको लुगा लगाइदिनुपर्छ । यसले उनीहरु सिधै लामखुट्टेको पहुँचमा आउन सक्दैनन् र सुरक्षित रहन्छन् ।