खैरहनी अस्पतालले सञ्चालनमा ल्यायाे प्रयोगशाला
चितवन । चितवनको खैरहनी नगरपालिकाअन्तर्गत पुरानो पर्सास्थित नगर अस्पतालमा अत्याधुनिक सेवासहितको प्रयोगशाला सञ्चालनमा आएको छ । नगरपालिकाको सक्रियतामा निर्माण गरिएको प्रयोगशाको नगरप्रमुख शशिकुमार खनियाले उद्घाटन गरे।
सो अवसरमा नगरप्रमुख खनियाले नगर अस्पतालले दिने सेवा गुणस्तरीय तथा अत्याधुनिक सुविधासम्पन्न गराउन स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले प्राथमिकता राखेको बताए । उनले गुणस्तरीय स्वास्थ्य सुविधाको पहुँच टोल-टोलमा पुर्याउन नगरपालिका प्रतिबद्ध रहेको बताए ।
सबै प्रकारका जाँचका लागि खैरहनी नगर अस्पतालमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ अस्पताल प्रशासन र व्यवस्थापन समिति अहोरात्र खटिरहेको खैरहनी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रशान्त कँडेलले बताए । प्रयोगशाला सञ्चालनमा आएपछि खैरहनी नगर अस्पतालमै रोगको परीक्षण गर्न सहज भएको छ ।
कार्यक्रममा उपप्रमुख कविता उप्रेती, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्यहरू, अस्पतालका चिकित्सक, प्रयोगशालालगायत अस्पतालका कर्मचारीको उपस्थिति थियो ।
यसअघि खैरहनीवासी प्रयोगशाला परीक्षणका लागि रत्ननगर अस्पताल वा भरतपुर आउनुपर्ने बाध्यता थियो ।
ताजा अपडेट
-
फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुई जना घाइते
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती १६ दिन बन्द हुने
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
प्रतिक्रिया