NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

मेवाको सेवनबाट लिन सकिन्छ यी पाँच अचुक फाइदा

काठमाडौं । यति स्वस्थ ब्रेकफास्टको खोजीमा हुनुहुन्छ भने मेवा तपाईंका लागि उपयुक्त फल हुनसक्छ । भिटामिन ए, सी र ई को भरपूर स्रोतका रुपमा मेवालाई लिइन्छ । साथै फाइबर र पोटाशियम पनि मेवामा पाउन सकिन्छ । मेवामा पाइने पापेन नामक इन्जाइमले शरीरमा प्रोटिनलाई पचाउने काम गर्दछ । आज हामी दैनिक रुपमा मेवाको सेवनले स्वास्थ्यमा पुग्ने फाइदाहरुको बारेमा चर्चा गर्दैछौँ ।

तौल घटाउन मद्दत पुग्छ
मेवामा फाइबर पाइने हुँदा लामो समयसम्म भोक लाग्न दिँदैन । जसले गर्दा कम खानाले पनि लामो समयसम्म टिक्न सकिन्छ । त्यस्तै मेवामा कम क्यालोरी पाइने हुँदा तौल घटाउन मद्दतगार हुन्छ ।

पाचन प्रणालीमा सुधार
मेवामा पाइने ‘पापेन’ नामक एक इन्जाइमले प्रोटिनको पचाउन मद्दत गर्दछ । यसले पाचनमा सुधार गर्नुका साथै ग्यासको समस्याबाट पनि टाढा राख्दछ ।

रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
मेवामा पाइने भिटामिन ‘सी’ एक शक्तिशाली एन्टिअक्सिडेन्ट हो । यसले रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन र संक्रमणबाट लड्न मद्दत गर्दछ ।

स्वस्थ त्वचा
मेवामा पाइने भिटामिन ‘ए’ ले त्वचाको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दछ । यसले छालालाई स्वस्थ र चमकदार राख्न मद्दत गर्दछ ।

कब्जियतबाट मुक्ति
मेवामा फाइबर पाइने हुँदा पाचनमा सुधार गरी कब्जियत हुन दिँदैन ।