जाडो मौसममा के-के कुरामा ध्यान दिने ?

काठमाडौं । मौसम फेरिएसँग हाम्रो दैनिकीमा पनि केही परिवर्तन ल्याउनु आवश्यक हुन्छ । खानपिन, रहनसहनदेखि दैनिक गरिने क्रियाकलापमा पनि ध्यान दिनुपर्छ । अहिले जाडोको मौसम छ, यस्तो मौसममा के-के कुरामा ध्यान दिनुपर्छ त ? भन्ने कुरा आज हामी चर्चा गर्दैछौँ ।
जाडोमा लिनुपर्ने सावधानीहरू :
हिँडाइको गति कम गर्ने
चिसोमा मुटुमा जोखिम घटाउन हिँडाइको स्पिड कम गरेर हिँडाइको अवधि बढाउनु सुरक्षित हुन्छ ।
प्रशस्त मात्रामा पानी पिउने
शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले रगत बाक्लो हुने जोखिम कम हुन्छ ।
धेरै चिल्लो खानेकुरा नखाने
जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, फ्राई गरेको खानेकुरा र पार्टी/भोजको बेलामा सतर्क रहने ।
औषधिको नियमित प्रयोग गर्ने
मुटुरोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नियमित सेवन गर्ने
व्यायमको बेलामा चिसोबाट सुरक्षित हुने
व्यायमको बेलामा पर्याप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिँड्नुपर्छ ।
सुगर, प्रेसर, कोलेस्ट्रोलको राम्रो नियन्त्रण
जाडो महिनामा प्रेसर, सुगर र कालेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रण गर्न जरुरी छ ।
मदिरा र चुरोट सेवन नगर्ने
जाडो महिनामा मुटुमा हुने असरलाई मदिरा तथा धुम्रपानले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।
वाम अप गर्ने
शारीरिक व्यायम सुरु गर्नु भन्दा अघि शरीरलाई सक्रिय बनाउने अनि ब्यायम सुरु गर्ने ।
चिसोमा हिँड्दा छाती दुख्नु
मुटु रोगको प्रमुख लक्षण ‘एन्जिना’ चिसोमा बढि देखिनछ र यस्तो छ भने डाक्टरलाई देखाउने । चिसो हावा र पानी परेको बेलामा बाहिर ब्यायाम गर्न निस्किनु हुँदैन ।
(हामीले यो जानकारी मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको फेसबुक पेजबाट लिएका हौँ ।)
प्रतिक्रिया