NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

कोरोनाको नयाँ भेरियन्ट कति जोखिमपूर्ण ?

काठमाडौं । कोभिड संक्रमणको नयाँ सबभेरिएन्ट ‘जेएन.१’ नेपालमा समेत देखिएपछि त्रास बढेको छ । स्वास्थ्य मन्त्रालयले सतर्कता बढाउन सोमबार सूचना जारी गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘जेएन.१’ लाई यसको द्रुत विश्वव्यापी फैलावटपछि ‘भेरिएन्ट अफ इन्टरेस्ट’ को रूपमा वर्गीकृत गरेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, मुलुकका विभिन्न भागबाट विभिन्न उमेर समूहका व्यक्तिबाट संकलित १६ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण पोजेटिभ देखिएपछि तिनको जिनोम सिक्वेन्सिङ गर्दा ७ वटा नमुनामा ‘जेएन.१’ भेरिएन्ट देखिएको हो।

 

काठमाडौं, भक्तपुर, पोखरा, धनगढी, चितवन, डडेलधुरा लगायतका ठाउँबाट ती १६ वटा नमुना संकलन गरिएका थिए। रिपोर्टले जेएन.१ मुलुकको सबै भागमा फैलिरहेको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नयाँ भेरिन्यटबाट जोगिन मास्क प्रयोग, साबुनपानीले हात धुनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालन गर्नुपर्ने बताउँछ ।

यो भेरियन्टको पनि लक्षणहरु पुरानै छन् । तर, बढी संक्रामक छ । भारतमा यो भेरियन्टबाट धेरैले ज्यान गुमाइसकेका छन् । खासगरी कमजोर स्वास्थ्य भएकालाई जोखिम हुनसक्ने चिकित्सकले बताएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष